आजबाट सोह्रश्राद्ध सुरु, भर्चुअल माध्यम रोजिँदै

काठमाडौं । आजबाट सोह्रश्राद्ध सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्रश्राद्ध अर्थात पितृ पक्ष आजदेखि सुरु हुने गर्छ । ।

पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । यसबर्ष भने कोभिड १९ कारण कारण सोह्रश्राद्ध गर्न सहज देखिएको छैन । कोरोनाबाट जोगिन एकअर्काको घर नजानू, भीड नगर्नू भनिएकै बेला भर्चुअल माध्यमबाट श्राद्ध कर्म गर्नु भनेर सरकारले अनुरोध गरिसकेको छ ।

पुरेत घरमै बोलाएर श्राद्ध गर्न सम्भव छैन । असहज अवस्थामा भर्चुअल माध्यम नै उत्तम विकल्पका रूपमा देखिएको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..