आज पनि देशका अधिकांस ठाउँमा पानी पर्ने

काठमाडौं । आज देशका अधिकांस ठाउँमा पानी पर्ने भएको छ ।

अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको र बेलुका अरु ठाउँमा पनि सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो ।

आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..