सभामुख सपकोटाले गरिदिए लिदी पहिरोमा अभिभावक गुमाएकालाई संरक्षण र शिक्षाको व्यवस्था

सभामुख सपकोटाले गरिदिए लिदी पहिरोमा अभिभावक गुमाएकालाई संरक्षण र शिक्षाको व्यवस्था 1

काठमाडौं । सघिय सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था गरि दिने भएका छन् ।
एसोएस बालग्राम मार्फत अग्निप्रसाद सापकोटाले उनीहरुको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था मिलाइ दिएका हुन् ।

सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाई सहितको टोली मंगलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो। एसओएसले बालबालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको छ ।

लिदीका अभिभावक गुमाएका १२ वर्षमुनिका पाँच बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन सुरु गराउने एसोयसले जनाएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिने लगायतका विषयमा छलफल भएको छ।

बाँकी १२ वर्षमाथिका सात बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने छ । उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेगको व्यवस्था गरिने छ।

यही भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताएका थिए ।

त्यसलगत्तै काठमाडौं फर्केर सभामुख सापकोटाले एसओएस बालग्रामका अधिकारीहरुसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए।

गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन्। पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..