त्रिवि शिक्षण अस्पतालमा २ जना कोरोनाकाे कारण मृत्यु

काठमाडौ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो बेलुका उनीहरुको मृत्यु भएको डा. सन्तकुमार दासले जानकारी दिए ।
शिक्षण अस्पतालको कोभिड अस्थायी युनिटमा उपचाररत ७१ बर्षीय पुरुष र २० बर्षीया महिलाको मंगलबार उपचारका क्रममा मृत्यु भएको डा. दासले जानकारी दिए ।

७१ बर्षिय पुरुष भक्तपुरका हुन् । उनी सोमबार बेलुका अस्पतालको आकस्मिक कक्षमा आएका थिए । उनमा सुगर प्रेसर जस्ता दीर्घरोग थियो ।

उनका अनुसार २० बर्षीया महिला तनहुँकी हुन् । बाथ र मिर्गौला सम्वन्धी समस्या भएकी उनलाई अल्का अस्पतालबाट मंगलबार मात्रै शिक्षण अस्पताल ल्याइएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..