कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिएकालाइ सम्मान गर्न काठमाडौं महानगर प्रमुख शाक्यको आग्रह

काठमाडौं । कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएत सबैलाइ सम्मान गर्न काठमाडौं महानगरपालिकाको प्रमुख विद्या सुन्दर शाक्याले आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले कोरोना संक्रमण भएका व्यक्ति, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाई पनि दुर्व्यवहार नगर्न आग्रह गरेका हो ।

कोरोना संक्रमित भएपछि महानगर प्रमुख शाक्यले विज्ञप्ती जारी गरेका हुन् । प्रमुख शाक्यले कोरोनाविरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै दुव्र्यवहार नगर्न अपील गरेका हुन् ।

प्रमुख शाक्यले आफूलाई कोरोना देखिएपनि कोरोनाका कुनै लक्षण देखा नपरेको बताएका छन् । आफूमा मनोबल उच्च रहेको र त्यसले कोरोना परास्त गर्न सफल भइने उनको विश्वास छ । आफ्नी श्रीमतीलाई ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा नियमित उपचार गराउन गएको र चिकित्सकको सल्लाह अनुसार दुवैजनाको कोरोना परीक्षणका लागि स्वाब दिएपछि आफूमा कोरोना देखिएको शाक्यले बताए ।

आफुलाइ अहोरात्र कार्यक्षेत्रमा खटिइरहेको अवस्थामा संक्रमण भएको उनले बताएका छन् ।

उनले ‘कोरोनाजस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्न नसकिने । त्यसैले आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरौं र कोरोनालाई परास्त गरौं ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..