पछिल्लो २४ घण्टामा १,१२० जना सक्रमित, उपत्यकामा मात्र ३८८

पछिल्लो  २४ घण्टामा १,१२० जना सक्रमित, उपत्यकामा मात्र ३८८ 1

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घन्टामा ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

संक्रमितमध्ये २३ हजार २ सय ९० जना उपचारपछि घर फर्किएका छन् भने २ सय ४५ जनाको ज्यान गएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..