बाग्लुङ बाढीमा बेपत्ता भएका मध्ये ६ जनाको शव फेला

काठमाडौं । बाग्लुङ, जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीमा वेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ ।

बाढीमा अझै एक दर्जनबढी मानिस वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

गएराती अचानक आएको बाढीले सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका १० भन्दा बढी घर बगाएको थियो ।

बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..