गृहमन्त्री थापा राहत सामग्र्री लिएर बाग्लुङ पहिरो पीडित भेटन प्रस्थान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (वादल) राहत सामग्री लिएर बाग्लुङ पहिरो पीडितकोमा गएका छन्।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार उनी र त्यहाँबाट निर्वाचित सांसद देवेन्द्र पौडेल बाग्लुङमा बाढीपहिरो क्षतिको अवलोकनसँगै राहत सामग्री पनि लिएर घटनस्थलमा जानुभएको जानकारी दिएका छन्।

गृहमन्त्री नेपाली सेनाको हेलिकप्टरमा बाग्लुङ उडेका छन्।

बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा आठ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।

टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेललगयातका पनि छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..