कोरोना संक्रमणबाट उपत्यकामा ४४५ जना, देशभरमा १२२८ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा स्रोत पहिचान नभएका कोरोना भाइरस संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय १३ जनाको पिसिआर गर्दा देशभरमा १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२,८७७ पुगेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ५७ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ४६ जनागरी थप ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये गएको २४ घण्टामा ९१७ जना र जम्मा २४,२०७ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६ जना व्यक्तिको निधन भएको छ । आजसम्म निधन हुनेको संख्या २५६ जना पुगेको छ, यो संक्रमित हुने संख्याको ०.६ प्रतिशत हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..