ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि पुल्चोकमा कुटपिट

ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि पुल्चोकमा कुटपिट 1

ललितपुर । ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि मत्स्येन्द्रनाथ जात्रामा आएका केही उछृङख युवाले कुटपिट गरेका छन्। हरेक वर्ष हुने मत्स्येन्द्रनाथको रथ यात्रा भन्दै ललितपुरको पुल्चोकबाट निस्किएका स्थानीय युवाहरूले ती प्रहरीमाथि कुटपिट गरेका हुन् ।

कोरोनाका कारण स्थानीय निकायको निषेधाज्ञा र जिल्ला प्रशासनको जारी निषेधाज्ञा उल्लंघन, साथै सरोकारवालहरुलाई पत्तो नै नदिई स्थानीय युवाहरुले रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा झडप भएको थियो । सोही क्रममा प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरीले भीड हटाउन पानीको फोहोराका साथै केही सेल अश्रुग्यास हानेको थियो । स्थायीय युवाहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

कुटिएका ट्राफिक प्रहरी हुन् । उनको नाम भने खुलेको छैन । सार्वजनिक भिडियोमा ड्युटीमा एक्लै रहेका ट्राफिक प्रहरीलाई युवाहरूको समूहले कुटपिट गरेको देखिन्छ । युवाको कुटपिटपछि ती प्रहरीमा भुइँमा लड्छन् ।

एक जना युवाले त्यहाँबाट बचाउँदै प्ररीहलाई अर्को स्थानमा ल्याउँछन् । तर भाग्दै गरेको प्रहरीलाई पिछा गर्दै अन्य युवाहरूले कुटपिट गर्न छोड्दैनन् । ती प्रहरी भाग्दै भाग्दै अन्ततः ड्युटीमा रहेका प्रहरीको सम्पर्कमा पुग्छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुटपिट गर्नेहरूको आलोचना भइरहेको छ ।

स्थानीयहरूले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..