गौतमलाइ राष्ट्रिय सभामा लैजाने निर्णय पारीत

गौतमलाइ राष्ट्रिय सभामा लैजाने निर्णय पारीत 1

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त एक पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बामदेव गौतमलाई राष्ट्रिय सभासदस्य बनाउने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो ।

बागलुङ लगायत देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोको क्षतिप्रति सचिवालयको बैठकले दुःख व्यक्त गरेको तथा उद्धार र राहतको काममा लाग्न सरकारलाई अनुरोध गरेको श्रेष्ठले जानकारी दिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..