काठमाडौ उपत्यकामा निषेधाज्ञा कडा नबनाएकोमा मेयरहरुको यस्तो गुनासो

काठमाडौ उपत्यकामा निषेधाज्ञा कडा नबनाएकोमा मेयरहरुको यस्तो गुनासो 1

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।

गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । संक्रमण दिन प्रतिदिन फैलिँदै जाँदा पनि संघीय सरकारले स्थानीय तहलाई बेवास्ता गर्दा समस्या झनै उग्र हुँदै गइरहेको उनीहरूको गुनासो छ ।

संघ र प्रदेश सरकारले क्वारेन्टिन व्यवस्थापन, चिकित्सक पदपूर्ति, बजेट व्यवस्थापन, स्वास्थ्य इकाइको गुण स्तरवृद्धिलगायतमा समन्वय नगरेकाले आफूहरूलाई काम गर्न समस्या भइरहेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

स्थानीय तहले विदेशबाट फर्किएका नागरिकलाई सरकारले तोकेको अवधिसम्म क्वारेन्टिनमा राख्ने, पीसीआर परीक्षण गर्ने, कोरोना लक्षित विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालनगर्ने लगायतका गतिविधि गर्दै आएका छन् । सरकारले ‘एक पालिका एक चिकित्सक’को अवधारणा अघि सारे पनि महामारीकै समयमा चिकित्सकहरू आउन नमानेको स्थानीय तहको गुनासो छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..