गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमा कास्कीका १६, लमजुङका ३, बागलुङ, स्याङ्जा र तनहुँका १/१ जना रहेका छन् ।

संक्रमित ४० मध्ये ७ जना नेपाल प्रहरीका जवान रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार सबै संक्रमित व्यक्तिलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..