मन्त्रिपरिषदको बैठक आज बस्दै, बामदेवलाई राष्ट्रियसभामा मनोनयन गर्ने

लकडाउन

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई अहिलेसम्म भए÷गरेका काम कारबाहीको समीक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गर्नुभएको छ ।

जसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समीक्षा प्रस्तुत गर्नुहुनेछ । कार्यकाल सकिएपछि मन्त्री खतिवडाको आजको मन्त्रिपरिषद बैठक अन्तिम हुनेछ ।

उहाँले हिजै मन्त्री निवासबाट सामान पनि सारिसक्नुभएको छ । राष्ट्रियसभाको सखस्यका रुपमा उहाँको कार्यकाल यसअघि नै सकिएको र थप गर्ने निर्णय नेकपाबाट नभएपछि उहाँ मन्त्री पदबाट हटनुपर्ने भएको छ ।

मन्त्री बन्न राष्ट्रियसभा वा व्यवस्थापिका संसदको सदस्य हुनुपर्छ । यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकबाट बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्या बनाउने निर्णय भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..