एक्लोपन धेरै खतरनाक कि धेरै लाभदायी ? यसो भन्छ अध्ययन

मानिस सामाजिक प्राणी हो । सोशल एनिमल हो ।अर्थात उ एक्लै जिन्दगी बिताउन सक्दैन । मानिससँग घुलमिल गर्नु, उनीहरुका साथ समय बिताउनु, पार्टी गर्नु र मिलजुल गरेर उत्सव मनाउनु पनि मानिसको इच्छा र आवश्यकता दुवै हो ।

यसविपरीत कुने मानिस एक्लै बस्छ, मानिससँग भेटघाट गर्दैन, उसँग समय बिताउने मानिस छैन तब यसलाई एउटा ठुलो समस्या मान्न सकिन्छ। यही कारण हो कि एक्लोनलाई सजायका रुपमा प्रयोग गरिन्छ । मानिसलाई जेलमा एक्लै कैद गरेर राखिन्छ । दिमागी रुपमा विरामी मानिसलाई साङ्लाले बाँधेर एक्लै राखिन्छ ।

एक्लोपन यो हदसम्म खतरनाक हुन्छ कि अहिले सबैजसो देशमा एक्लोपनलाई रोगको दर्जा दिइन थालेको छ। एक्लोपनसँग निप्टनका लागि मानिसलाई मनोवैज्ञानिक सहयोग उपलव्ध गराइँदैछ । त्यसो भए के साँच्चिकै एक्लोपन निकै खतरनाक छ र यसबाट जुनसुकै मूल्यमा बच्नु जरुरी छ ?

धेरैजसो मानिस यसको जवाफ न मा दिन रुचाउँछन् । उनीहरुलाई पार्टीहरुमा, कुनै भोजभतेर वा उत्सवमा सरिक हुनु छ भने मानिसहरु डराउँछन्। उनीहरु यस्तो कार्यक्रममा जान चाहँदैनन्, मानिसहरुसँग भेटघाट गर्नबाट बच्ने गर्दछन्।

एक्लै रहँदा के हासिल हुन्छ ?

यस्ता धेरै मानिस छन् जो एक्लै रहने पक्षमा वकालत गर्दछन् । अमेरिकाकी लेखिका एनेली रुफस त साँच्चिकै ‘पार्टी अफ वनः द लोनर्स मैनिफेस्टो’ नामको किताबै लेखेकी छन् । उनी भन्छिन् कि एक्लै रहनुको मज्जा नै बेग्लैछ । तपाई स्वयमलाई फोकस गर्न सक्नु हुन्छ ।

आफ्नो सिर्जनशीलता बढाउन सक्नु हुन्छ । मानिसहरुसँग भेटघाट गरेर फिजुल कुरा गर्ने वा झुटो हाँसोठट्टामा सामेल हुनुभन्दा त एक्लै समय बिताउनु राम्रो हुन्छ ।

यता ब्रिटिश रोयल कलेज अफ जनरल प्रैक्टिशनर्स भन्छ कि एक्लोपन मधुमेहजस्तै खतरनाक रोग हो । यसबाट पनि त्यति नै मानिसको मृत्यु हुने गर्दछ, जति मधुमेहका कारणबाट हुन्छ । एक्लोपनले हाम्रो सोच्ने र बुझ्ने क्षमतालाई कमजोर गर्दछ । एक्लै रहँदा हाम्रो बुद्धिमतामा नराम्रो असर पार्दछ । रोगहरुसँग लड्ने हाम्रो क्षमता कमजोर हुन्छ ।

एक्लै रहँदा बढ्छ सिर्जनशीलता

शान्त रहनु, पार्टीहरुबाट दूरी कायम गर्नु र मित्रहरुसँग भेटघाट गर्न आनाकानी गर्नु यदि स्वयमको निर्णय हो, तब यो निकै लाभदायी हुन सक्दछ ।

अमेरिकाको सैन जोस युनिभर्सिटीका ग्रेगरी फिस्टले यसबारेमा अध्ययन गरेका छन् । फिस्ट यो नतिजामा पुगे कि स्वयमका साथ समय बिताउँदा तपाईको सिर्जनशीलता निकै बढ्छ । यसबाट तपाईको आत्मविश्वास बढ्ने गर्दछ । स्वतन्त्र विचार उत्पन्न हुन्छ । नयाँ सोचलाई तपाई खलेर स्वागत गर्न सक्नु हुन्छ।

जब तपाई केही समय एक्लै बिताउनु हुन्छ तब तपाईको मनमा शान्तिपूर्ण समय प्रयोग हुन्छ । होहल्लादेखि टाढा शान्तसँग बस्दा तपाईको मनमष्तिस्कलाई सोच्ने, बुझ्ने शक्ति बलियो हुन्छ । तपाई पूराना कुराहरुबारे सोचेर आफ्नो स्मरणशक्तिलाई बलियो बनाउनु हुन्छ ।

एक्लै किन बस्न चाहन्छन् मानिस ?

अमेरिकाकै बफैलो युनिभर्सिटीका मनोवैज्ञानिक जुली बोकरको अध्ययनबाट फिस्टको दावीलाई बल मिलेको छ। जुली भन्छिन्–मानिस तीन कारणबाट मानिसहरुसँग घुलमिलदेखि टाढा रहन्छन् । केही मानिस लजालु हुन्छन्, त्यसैले अरुसँगको भेटघाटबाट बच्न चाहन्छन् । यही केही मानिस उत्सवहरुमा जान रुचाउँदैनन् । केही यस्ता पनि मानिस हुन्छन् जो मिलनसार भए पनि एक्लै समय बिताउन मन पराउँछन्।

जुली र उनको टिमले अध्ययनमा पाए कि जुन मानिस स्वयमदेखि एक्लै बस्न मन पराउँछन्, उनीहरुको सिर्जनशीलता राम्रो हुन्छ । एक्लै रहँदा उनीहरु आफ्नो काममा बढी ध्यान दिन सक्छन् । आफ्नो काममा फोकस गर्न सक्छन् । नतिजा उनीहरुको सिर्जनशीलता बढ्दछ।

धर्ममा एक्लै तप, चिन्तन–मननको सल्लाह

त्यसो त एक्लोपनको फाइदा बताउने यी मनोवैज्ञानिकहरु कुनै नयाँ कुरा बताइरहेका छैनन् । हिन्दू धर्मदेखि बुद्धधर्मसम्म धेरै उदाहरण छन्, जहाँ एक्लै तप गर्नु र चिन्तन–मनन गर्ने सल्लाह दिन्छन्।

वास्तवमा एक्लै रहँदा हाम्रो दिमाव आरामको मुद्रामा आउँछ । आरामपूर्ण यसक्रममा दिमाग स्मरणलाई बलियो बनाउने र राम्रोसँग बुझ्नमा जुट्दछ ।यही तपाई कसैका साथमा हुनुहुन्छ भने तपाईको ध्यान बाँडिन्छ । तपाईको मनले शान्ति प्राप्त गर्न सक्दैन ।

ग्रेगरी फिस्ट भन्छन् कि मानिसहरु यदि स्वयमदेखि एक्लै रहन, शान्तिसँग समय बिताउन रुचाउँछन् भने त्यो उनीहरुका लागि बढी लाभदायी छ । तर उत्सवका अभ्यस्त भइसकेकाहरु एक्लोपनको शिकार बने भने त्यो समस्याको कुरा हो ।

राम्रो होस कि हामी सीमित साथी मात्रै बनाऔं । उनीहरुका साथ गुणस्तरीय समय बिताउ। पार्टी, उत्सव आदि भए पनि बिचबिचमा थोरै समय शान्तिसँग बिताउन सकियोस् । स्वयममाथि फोकस गर्न सकियोस, चिन्तन मनन गर्न सकियोस् । यो तालमेल बनाउन हाम्रा लागि सबैभन्दा राम्रो सावित हुनेछ । क्रिस्टिन रो, बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..