रुपन्देहीमा कोरोना संक्रमित थप २ जना व्यक्तिको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमित थप  २ जना व्यक्तिको मृत्यु 1

भदौ १९, रुपन्देही । प्रदेश नम्बर ५ रुपन्देहीमा कोरोना संक्रमित शुक्रबार थप २ जना व्यक्तिको मृत्यु भएको छ । बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला र भैरहवामा आफ्नै घरमा आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको जानकारी सम्बन्धित अस्पतालले दिएका छन् ।

गौतमबुद्ध अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. कि ६४ वर्षीया महिलाको आज बिहान ८ स् ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत अवस्थामा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्षले जानकारी दिए छन् ।

अहिलेसम्म कोरोना संक्रमणका कारण रुपन्देहीमा १४ जनाको मृत्यु भएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..