अर्थमन्त्री खतिवडाद्वारा राजीनामाको घोषण, प्रधानमन्त्री ओलीद्वारा धन्यवाद !

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा खतिवडाले साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको राष्ट्रपतिबाट मनोनित हुने एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो संसदको यो कार्यकालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा नदिए पनि २० गते शनिबारबाट उनी स्वतः पद मुक्त हुने थिए । उनले बैठकमा साँझसम्म राजीनामा दिने जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो बेला खतिवडाले सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..