बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा

बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा 1

बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा 2
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र बाग्लुङ सोही क्षेत्रका संघीय सांसद देवेन्द्र पौडेलको टोलीले बागलुङ ढोरपाटन नगरपालीकाको ७, ८ र ९ मा लगायतका ठाउँमा बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा टोलीले ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ परिवार र प्रभावितहरूलाई राहत समेत वितरण गरेका छन् ।
बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा 3

बिहीबार खराब मौसमका कारण बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको टोली शुक्रबार बिहान बागलुङका लागि उडेको थियो । टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् ।
बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा 4
बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरु पोखरा फर्किसकेका छन् । पोखराबाट केहीवेरमा काठमाडौं फर्किने कार्यक्रम रहेको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।
बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा 5
गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।
बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा 6

बागलुङ, ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत लिएर पुगे गृहमन्त्री थापा 7

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..