कोरोना संक्रमण: देशभरमा १३५९ जना, उपत्यकामा ४५४ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार १३ हजार ६ सय ८० जनाको पिसिआर परीक्षण गर्दा देशभरमा १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४२३६ पुगेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना गरी थप ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये गएको २४ घण्टामा १३५६ जना र जम्मा २५,५६३ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १४ जना व्यक्तिको निधन भएको छ । आजसम्म निधन हुनेको संख्या २७१ जना पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..