यो वर्षको शैक्षिक शत्रमा पाठ्यक्रमका सबै विषय पढाइ सम्भव छैन : शिक्षामन्त्री पोखरेल

भदौ १९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले कोरोना भाइरस (कोभिड १९) ले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईए (कस्टमाइजेसन)को बताएका छन् ।

शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु मात्रै पढ्न पर्ने उनले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी दिएका छन्।

मन्त्री पोख्रेलले ‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संश्लेषित कार्यढाँचा जारी गरिने छ,’ । उनले ‘यही भाद्र महिनाभित्र शिक्षा मन्त्रालयले संश्लेषित पाठ्यक्रम (कस्टामाइज्ड पाठ्यक्रम) विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।’

उनले अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी दिएका छन् ।

मन्त्री पोखरेलले विद्यार्थी विद्यालयसम्म जाने अवस्था नरहेकाले शिक्षक नै विद्यार्थीसम्म पुग्नुको विकल्प नरहेको बताएका छन् । उनले भने, ‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुन कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्ने बताएका छन् ।’

यो विषयम परिस्थितिमा घरलाई नै शिक्षालय भन्ने मान्यतालाई सबै शिक्षक विद्यार्थीले आत्मसात गर्नुपर्नेमा मन्त्री पोखरेलको भनाइ रहेका छ । अहिले विश्व नै महामारीको चपेटामा परेको हुनाले घरमै बस्न बाध्य आफ्ना बालबालिकाहरुलाई नियमित पठनपाठनमा सरिक गराउन अभिभावकको नै मुख्य भूमिका रहेको उनले बताए ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..