अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा 1

भदौ १९, काठमाडौं । अर्थ तथा सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका छन् ।

आजै उनले मन्त्रीपरिषद्को बैठकमा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता समेत रहेको अर्थमन्त्री खतिवडाले आजको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणा गरेका थिए ।

संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने व्यवस्थाअनुसार खतिवडाको ६ महिने कार्यकाल शनिबार राति १२ बजे सकिँदैछ । तर, भोलि शनिबार परेकोले उनले आजै ओलीसमक्ष राजीनामा दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बसेको सचिवालय बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै खतिवडाको पद धरापमा परेको थियो ।

खतिवडा प्रधानमन्त्री ओलीले रुचाएका पात्र हुन् । ओली वामदेवलाई प्रतिनिधि सभाकै कुनै पद रिक्त गराएर निर्वाचनमार्फत प्रतिनिधि सभामा लैजान र खतिवडालाई राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्री बनाउन चाहन्थे । तर, उनको त्यो सपना पूरा नभएपछि खतिवडाले राजीनामा दिनुपर्यो ।

खतिवडा गणतन्त्र नेपाल बनेपछि लोमो कार्यकाल अर्थमन्त्रालय सम्हाल्ने अर्थमन्त्री पनि भएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..