पछिल्लो २४ घण्टामा ७ जिल्लाका ९ जनाको मृत्यु (सुचिसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा कुन जिल्लामा कति मृत्यु

मोरङ ४३ वर्षीया महिला

मकवानपुर ५२ वर्षीया महिला

नवलपरासी ३७ वर्षीया महिला

पर्सा ७५ वर्षीय पुरुष

काठमाडौं ४१, ५९ र ६५ वर्षीय पुरुष

रुपन्देही ४० वर्षीय पुरुष

महोत्तरी ७८ वर्षीय पुरुष

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..