यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने जनाएको छ ।

विभागले गत जेठ पहिलो साता राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै कोरोना महामारीका कारण आर्थिक क्रियाकलाप पूर्णरुपमा सञ्चालन हुन नसक्दा आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशतमा सीमित रहने जनाएको थियो ।

तर, पछिल्लो तीन महिनायता पनि आर्थिक क्रियाकलापमा कुनै सुधार नआएकाले आर्थिक वृद्धिद्धर ऋणात्मक हुने देखिएको विभागले जनाएको छ ।

विभागले आर्थिक वर्ष २०७६/०७७ को नौ महिनामै तथ्याङ्क सार्वजनिक गरेर आर्थिक वृद्धिद्धर साढे २ प्रतिशतमा सीमित रहने भनेपनि अहिले विविध कारण देखाउँदै तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ ।

तर, विभागले उद्योगको अवस्थाबारे पूर्ण जानकारी नआएकोले तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ भइरहेको दाबी गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..