लकडाउनले कोरोना रोक्यो रोकेन तर भोक रोक्न सकेन

बाजुरा । कोराना रोकथाम तथा नियन्त्रण गर्न भन्दै गरिएको लकडाउनले बाजुराका हलिया समुदायमा खाद्यान्न अभाव भएको छ ।

एकातिर कामै नपाउने अर्कोतिर महङ्गी ।बुढीनन्दा नगरपालिका वडा नम्बर एकका एकसय २४ परिवारलार्ई छाक टार्न धौ धौ भएको छ । बाजुरामा लकडाउन भएपछि ज्याला मजदुरीको काम नपाइएको र यसले गर्दा बिहान बेलुकाको छाक टार्न समस्या भएको हलिया समुदायका व्यक्तिहरू बताउँछन् ।

स्थानीय अमृता सार्कीले रुँदै भन्नुभयो, ‘खेताला लाग्दा खाना थियो तर अहिले खाने चारो छैन । नुन किन्यो तेल छैन, तेल किन्यो नुन छैन । हामीले कसरी पालिने ?’ कोरोना भाइरसको त्रासले चैत यता कार्यालयहरू राम्रोसँग सञ्चालन भएका छैनन् ।

विकास निर्माणका काम पनि प्रभावित भएका छन् भने पसल नखुल्दा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा परेका छन् । बुढीनन्दा नगरपालिका वडा नम्बर एकका सरि ल्वारले भन्नुभयो, ‘हाम्रो घरमा खाने चारो छैन, केही छैन ।

श्रीमान् बाहिर जानुहुन्थ्यो कमाएर ल्याउनुहुन्थ्यो, त्यही खान्थ्यौं । त्यो पनि अहिले छैन । काम गरेर खान्थ्यौं, यो लकडाउनले काम पनि छैन ।’ साहुको काम गरेर दैनिक गुजारा चलाइरहेका हलिया परिवारलाई कोभिड १९ ले प्रभाव पारेको छ ।

काम पनि पाइएको छैन, त्यसमाथी महङ्गीले झन् समस्या थपिएको हिक्मत वड बताउनुहुन्छ । वडले भन्नुभयो, ‘अर्काको हलो बाहेर खाने हलिया हौं । राहतको नाममा एक एक कट्टा चामल पाए, १३ जना घरपरिवार । निम्न हलियावस्तीलाई छुटाइएको छ राहतमा पनि नगरपालिका, संघसंस्थाबाट ।

कहीकतैबाट मजदूरी गरेर, सापट÷पैंचो मागेर ल्याइएको ऋणबाट पनि बजार जाँदा चामल किन्न पाइएको छैन । पाइहालेमा पनि ४० केजीको ४ हजार ÷ ४५ सय हातमा दिंदा पनि व्यापारिले दिएको छैन ।’ वडा नम्बर १ मा बसोबास गर्ने एकसय २४ परिवार सहजै काम पाउने दिनको प्रतिक्षामा छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..