गण्डकी प्रदेश सरकारले बाढीपहिरो पीडितलाई तत्काल एकलाख रुपैयाँ दिने

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

हिजो बडीगाड गाउँपालिका वडा नम्बर ५, न्वारमा बडिगाड खोलाको किनारमा दुईओटा शव फेलापरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

फेलापरेकामध्ये दुई शवको सनाखत हुनसकेको छैन । बाढी, पहिरोमा परेर हराइरहेकाहरुको नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको छ । बाढी र पहिरोले ८० घरमा पूर्णरुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ ।

यसैबीच, गण्डकी प्रदेश सरकारले बाढीपहिरो पीडितलाई अस्थायी बसोबासका लागि तत्काल एकलाख रुपैयाँ दिने भएको छ । पीडितले आफ्नै जग्गा तर सुरक्षित स्थलमा घर बनाएमा प्रदेश सरकारले एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सीआईएनलाई जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले प्रति मृतक परिवारलाई जनही ५० हजार रुपैयाँका दरले १४ परिवारलाई राहत रकम वितरण गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..