रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु

भदौ २१, ललितपुर । रातो मच्छिन्द्रनाथ रथ तान्ने विषयलाई लिएर बिहीबार झडप भएपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ आइतबार अपरान्ह ३ः०० बजेबाट तान्न सुरु भएको छ ।

सुरक्षा मापदण्ड अपनाएर आवश्यक मानिसहरूको उपस्थितिमा आइतबार अपरान्हबाट रथ तान्न थालिएको छ।

रथ तान्ने ठाउँ दमकल, पुल्चोकलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।

आज रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तान्न लगिनेछ। यो वर्ष कोरोनाका कारण विगतमा जस्तो गा:बहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र जाउलाखेल पुर्‍याउन सम्भव नदेखिएकोले सांकेतिक रूपमा रथ तान्न लागिएको प्रशासनले जानकारी दिएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..