कोरोना संक्रमित मुलुकको सूचीमा भारत दोस्रो स्थानमा, एकैदिन ९१ हजार भन्दा बढी संक्रमित थपिए

भारतमा कोरोना

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गइरहेको छ।

पछिल्ला दुई दिन क्रमशः ८६ हजार र ९० हजार संक्रमित भेटिएकामा पछिल्लो २४ घण्टामा सर्वाधिक ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये हिजो मात्रै भारतमा १ हजार ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट उच्च प्रभावित भएको भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ भने मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ८७ रहेको छ।

योसँगै भारत सर्वाधिक संक्रमित हुने देशको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएको छ। सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा हिजो जम्मा साढे २८ हजार कोरोना संक्रमित थपिदा ३ सय ८९ जनाको मात्रै मृत्यु भएको छ।

यसैगरी ब्राजिलमा हिजो एकैदिन १४ हजार ६ सय ६ जना संक्रमित थपिदा ४ सय ५६ जनाको मृत्यु भएको छ। मेक्सिकोमा थप ६ हजार ३ सय जनामा संक्रमण पुष्टि हुँदा ४ सय ७५ जनाको मृत्यु भएको छ। यस्तै कोलम्बियामा २ सय ७५, साउथ अफ्रिकामा १ सय १०, अर्जेन्टिनामा १ सय २० र इरानमा १ सय ३९ जनाको थप मृत्यु भएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..