धनुषामा कोरोना संक्रमित पुरुषको मृत्यु

२२ भदौ, जनकपुरधाम । धनुषामा उपचार गराउन आएका सिरहाका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको आइतबार राति ८ बजेतिर मृत्यु भएको प्रादेशिक अस्पताल, जनकपुधाम अस्पतल स्रोतले जानकारी दिएको छ ।

ती पुरुष मधुमेह र निमोनियबाट ग्रसित थिए, त्यसपश्चात् उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो । पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..