नेकपाको स्थायी समितिको बैठक भदौ २६ गते बस्दै

भदौ २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा०का अध्यक्ष केपी शर्मा ओली र ुप्रचण्डु र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनलगायतका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएका छन् ।

अध्यक्षद्वय र महासचिवबीच भेटवार्ता गरेरपछि महासचिव विष्णु पौडेलले पार्टीको साउन १३ मा स्थगित गरिएको बैठक भदौ २६ बोलाएका छन् । उनका अनुसार त्यसअघि अध्यक्षद्वयबीच र सचिवालय बैठकसमेत बस्नेछ । विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।

स्थायी कमिटी बैठकको मुख्य एजेण्डा कार्यदलको सुझावका आधारमा अध्यक्षद्वयले तयार पारेको प्रस्ताव र त्यसको कार्यान्वयन मुख्य हुनेछ । यसअघिका नियमित एजेण्डामा पनि स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेका थिए । तर, पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीइतर समूहका २९ जना सहभागी बैठक सञ्चालन गरेका थिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..