आलोचनात्मक चेत भएका साँच्चैका हितैषी मित्रहरुले मात्र नेतृत्वले ठिक नदेखेका कुरा समयमै भन्छन्

भदौ २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पार्टी नेतृत्वलाई आलोचनात्मक चेत भएका साँच्चैका हितैषी मित्रहरुले मात्र नेतृत्वले ठिक नदेखेका कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउने बताएका छन्, त्यस्तै अन्धभक्त, स्वार्थमा केन्द्रीत चाकडीबाजहरुले प्रशंसा र भजन मात्रै गाउँछन् त्यस्ता मान्छेहरुले पार्टी, आन्दोलन र नेतृत्वलाई डूबाउने आफ्नो फेसबुक स्टाटस मार्फत धारणा सार्वजनिक गरेका छन् ।

प्रवक्ता श्रेष्ठ भन्छन् : बिचार सहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याईं नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नु अघि संशयकारी जस्ता देखिन सक्छन् । तर बिचार सहितका विवेकीहरु नै सुरा मुर्खहरु भन्दा भरपर्न लायक हुने बताएका छन् ।

‪उनी अगाडी भन्छन् : लोककतान्त्रिक पध्दति अन्तर्गत कार्य गर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ । बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा । निरङ्कुश तानाशाही तन्त्र छलफलको झञ्झटू बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ, निरङ्कुशतन्त्र होइन ।‬

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..