कोरोना संक्रमित विराटनगरमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमित विराटनगरमा थप एक पुरुषको मृत्यु 1

भदौ २२, विराटनगर — कोराना संक्रमित भएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा रहेका एक पुरुषको सोमबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १० दिन घरैमा आइसोलेसन बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शनिबार कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उनमा उच्च रक्तचापको समस्या पनि रहेको अस्पतालले जनाएको छ।

उनीसहित कोरोना संक्रमणबाट विराटनगरमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रदेश १ मा संक्रमणका कारण ४३ जनाको मृत्यु भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..