जग्गाको कित्ताकाट खुल्यो

जग्गाको कित्ताकाट खुल्यो 1

२२ भदौ, काठमाडौं । नेपाल सरकारले खेतीयोग्य जग्गामा कित्ताकाट गर्न सकिने निर्णय गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व निर्णयलाई बदर गर्दै खेती योग्य जग्गामा कित्ताकाटको स्वीकृति दिने निर्णय गरेको हो। खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न प्रतिबन्ध लगाइएको यसअघिको निर्णयलाई बदर गर्दै खुुला गर्ने निर्णय गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले यस अघि आपूmले गरेको निर्णयलाई बदर गर्दै आफ्ना मातहतका निकायलाई निर्देशन दिँदै भनेको छ – “कृषि योग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको छ । भूउपयोग नियमावली जारी भई भू उपयोग नक्शा÷डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सो का आधारमा हुने गरी हाललाई भू उपयोग ऐन, २०७६ र प्रचलित कानूनको परिधिमा रही जगाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभाग मार्फत् दिने भनी नेपाल सरकार (मा. मन्त्रिस्तर) बाट मिति २०७७।०५।१८ मा निर्णय भएको जानकारी दिएको छ ।”

मन्त्रिपरिषदको निर्णयको आधारमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले मातहतका कार्यालयलाई निर्णय जानकारी गराएको छ। गत शुक्रबार मन्त्रालयले भूमि व्यवस्थापन विभाग र नापी विभागलाई ‘कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धमा’ पत्र लेखेको थियो। भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने मन्त्रालयले जनाएको छ। भू(उपयोग ऐन र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गरेको हो।

२०७४ साउन २६ देखि कृषियोग्य जग्गामा कित्ताकाट गर्न रोकिएको थियो। तत्कालीन मन्त्री गोपाल दहितको प्रस्ताव भएको निर्णयलाई गत मन्त्रिपरिषद बैठकले उल्टाइदिएको हो। यसअघि २०७५ सालको पुसमा भएको निर्णयलाई समेत बदर गर्दै खेतीयोग्य जग्गालाई कित्ताकाट गर्न स्वीकृति दिइएको हो।

जग्गाको कित्ताकाट खुल्यो 2

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..