
भदौ २२, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हजार ९,२१८ जनाको पिसिआर परीक्षण गर्दा देशभरमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७,२३६ पुगेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामामा २ सय ९३ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जना गरी थप ३ सय २६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये जम्मा ३०,६७७ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ११ जना व्यक्तिको निधन भएको छ । कोरोना संक्रमित मध्ये २० जना भेन्टिलेटरमा रहेका छन् भने, आइसीयुमा १७१ जना विरामी रहेका छन् । आजसम्म निधन हुनेको संख्या ३०० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सम्पूर्ण विवरण