कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

कोरोना संक्रमित थप एक पुरुषको मृत्यु 1

पर्सा । वीरगञ्जमा कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार गराइरहनु भएका महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

साउन १४ सङ्क्रमण पुष्टि भएपछि उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको थियो । ती पुरुषमा कोरोना सङ्क्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । हिजो मात्रै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..