तीन दिनभित्र हाजिर हुन सबै कर्मचारीलाई निर्देशन

काठमाडौं । सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ ।

सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो ।

तीन दिन भित्र खटाइएको स्थानमा हाजिर नहुने कर्मचारीलाई कानुनी कारवाही पनि गरिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो ।

खटाइएको ठाउँमा कर्मचारी नपुगेका कारण दैनिक कामकाजदेखि अहिले विश्वभर फैलिरहोके कोभिड–१९ का कारण व्यवस्थापन गर्नुपर्ने लगायतका काम अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खटाइएको ठाउँमा कर्मचारी नपुगको भए मन्त्रालयमा बेलैमा जानकारी गराउन पनि सबै तहका कार्यालयलाई आग्रह गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..