भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव बढदै

नयाँ दिल्ली । भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव पनि बढिरहेको छ ।

विविादित हिमाली क्षेत्रमा दोहोरो गोली चलेको छ । चीनको जनमुक्ति सेनाले भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ।

जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक र केही चिनियाँ सैनिक मारिएपछि दुई देशबीच तनाव झन बढिरहेको छ।

हिजो भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पोङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..