निषेधाज्ञाको निर्णय गर्न भर्चुअल प्रविधिमार्फत् बैठक बस्दै

निषेधाज्ञाको निर्णय गर्न भर्चुअल प्रविधिमार्फत् बैठक बस्दै 1

भदौ २३, काठमाडौँ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), उपत्यकाका मेयर फोरम, उद्योगी व्यवसायी, यातयातका प्रतिनिधि र सरकारी चिकित्सक, विज्ञहरुसहित आज निषेधाज्ञाबारे नयाँ निर्णय लिनका भर्चुअल बैठक आज बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने बताए छन् ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरी सुझाव लिइने बताएका छन् । यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइने बताएका छन् ।

काठमाडौंका सिडीओ जनकराज दाहालले नाका व्यवस्थित र कडाइ गर्नका लागि सेना परिचालन गर्नुपर्ने बताएका थिए । ललितपुरका सीडीओ नारायणप्रसाद भट्टले यसअघि संसदीय समितिमा दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने बताएका थिए । त्यस्तै उपत्यका मेयर फोरमले यस अघि नै १५ दिन निषेधाज्ञा लगाएर मात्रै नहुने कफ्र्यु नै लगाउनु पर्ने निर्णय गरेर जिल्ला प्रशासन प्रमुखहरुलाई अनुरोध गरिसकेका थिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..