देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

भदौ २३, काठमाडौं । कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अर्घाखाँची, रुपन्देही र बाराका १/१ जना पुरुष रहेका छन ।

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अर्घाखाँचीका एक जना टिपर चालक पुरुषको मृत्यु भएको छ ।

४२ वर्षीय ती पुरुष भदौ ११ गते अस्पताल भर्ना भएका थिए। यूनिभर्सल मेडिकल भैरहवामा उपचारका क्रममा भदौ ४ गते परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो ।

त्यस्तै वीरगञ्जको नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्जभवानीपुरका एक पुरुषको ज्यान गएको छ । साउन १४ गते संक्रमण पुष्टि भएका ६० वर्षीय ती पुरुषको एक महिनादेखि उपचार भैरहेको थियो ।

उता रुपन्देहीको गैडहवा गाउँपालिका बकौलीका ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गैडहवामा एक हप्ताअघि ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..