कोरोनाबाट सिर्जित मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न तत्काल योजना बनाएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री

भदौ २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण सिर्जित मनोसामाजिक समस्या सम्बोधन गर्नेगरी तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिनुभएको छ ।

बालुवाटारमा मनोचिकित्सकसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गनुपर्नेमा जोड दिनुभएको हो ।

यसमा मनोचिकित्सकहरूको विशेष योगदान हुने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले ओलीले कोरोनाको प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतना अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

प्रधानमन्त्रीले प्राध्यापक डाक्टर सुदर्शन नरसिह प्रधान,सरोजप्रसाद ओझा, दिव्यासिह शाह, डाक्टर पशुपति महत, रितेश थापा सगुन पन्त अनन्त अधिकारी, फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतसँग छलफल गर्नुभएको हो ।

छलफलमा चिकित्सकहरुले प्रधानमन्त्रीसमक्ष अहिलेको अवस्थामा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..