खुकुलो बनाउँदै निषेधाज्ञा जारी रहने : उपत्यका मेयर फोरम सचिव

काठमाडौं । कोरोना नियन्त्रण गर्न उपत्यकामा लगाइएको निषेधाज्ञा जारी रहने निर्णय भएको छ । उपत्यकामा कोरोना सक्रमणको दर केही कम हुँदै गएको कारण यसलाई निरन्तरता दिन लागेको काठमाडौं उपत्यका मेयर फोरमको सचिव तथा मध्यपुर थिमी नगरपालिकाको प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए छन् ।
मेयर श्रेष्ठले काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण अहिले काठमाडौंको अवस्था भयावह हुनबाट बचेको बताउँदै यसलाई निरन्तरता दिन लागेको बताए छन् । उनले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै निरन्तर रहने बताए छन्। एकै पटक सबै खोल्दा समस्या र परिस्थिती नियन्त्रण भन्दा बाहिर जाने भएका कारण स्वरुप परिवर्तन सहित खुकुलो बनाउँदै निरन्तर जारी रहने उनले बताए छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..