कोरोना संक्रमण : देशभरमा थप ९०२ जना, उपत्यकामा ३९६ जना संक्रमित थपिए

भदौ २३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा १०,६११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार जनाको पिसिआर परीक्षण गर्दा देशभरमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८,१३८ पुगेका छन्। संक्रमितमध्ये जम्मा ३२९६४ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयुमा १४४ जना विरामी र भेन्टिलेटरमा २३ जना रहेका छन् जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामामा ३०० जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जना गरी थप ३ सय ९६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६ जना व्यक्तिको निधन भएको छ । आजसम्म निधन हुनेको संख्या ३०६ जना पुगेको छ ।
२३_भाद्र_२०७७_कोभिड-१९_ रा_अध्यावधिक_प्रतिवेदन

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..