ढोरपाटनमा बाढीमा हराइरहेका मध्ये १८ जनाको शव भेटियो

बागलुङ । गत १७ गते बुधबार रातिको बाढीका कारण हराइरहेकामध्ये हालसम्म १८ जनाको शव फेला परेको छ । ३८ जना हराइरहेकोमा हिजो दुई जनाको शव भेटिएपछि हालसम्म मृतकको संख्या १८ पुगेको हो ।

गुल्मीको चन्द्रकोट गाउँपालिका ८ स्थित वडिगाड खोलाको किनारमा अन्दाजी ३० बर्षीया महिलाको शव फेला परेको छ । त्यसैगरी ३६ बर्षीय हेम बहादुर विकको समेत शव भेटिएको हो । ढोरपाटन ९ द्वालका विकको शव पहिचान भएको छ ।

हालसम्म १७ जनाको पहिचान भएपनिहिजो भेटिएका महिलाको भने पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले बताउनुभयो । अझै २० जना बेपत्ता रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाश सिँह भण्डारीको नेतृत्वमा प्रहरीले हराइरहेकाहरूको खोजी गरिरहेको छ । स्थानीयले समेत हराइरहेका आफन्तको खोजी कार्य जारी राखेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..