नेकपा स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल

नेकपा स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल 1

भदौ २४ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र र प्रचण्डबीच २६ गते शुक्रबार बोलाइएको स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्न छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुबै अध्यक्षबीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

नेकपाको स्थायी समितिको बैठक १३ साउनदेखि पटक–पटक स्थगित बैठक शुक्रबार ९२६ भदौ० डाकिएको छ । स्थायी समिति बैठकमा पार्टीमा विवाद उत्पन्न भई बैठक स्थगित भएको थियो ।

विवाद समाधानको लागि महासचिव पौडलेको नेतृत्वमा ६ सदस्यीय कार्यदलले प्रतिवदेन बुझाएपछि र सचिवालयको बैठकले कार्यदलको प्रतिवेदन अनुमोदन पश्चात् स्थायी समिति बैठक बस्ने लागेको हो ।

सचिवालयको बैठकले कार्यदलको प्रतिवेदनलाई आधार मानेर सहमतीको प्रस्ताव ल्याउने जिम्मा अधयक्षद्वयलाई दिइएकाले सोही अनुसार एजेण्डा तय गर्न दुबै अध्यक्षबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..