काठमाडौं उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित

भदौ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना गरी थप ३ सय ९६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९,२१९ पुगेका छन्। संक्रमितमध्ये जम्मा ३३८२ जना उपचारपछि घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार ११,१६७ जनाको पिसिआर परीक्षण गर्दा देशभरमा १,०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..