तरकारी खेतीः विदेशमा भन्दा स्वदेशमा कमाइ बढी

तरकारी खेतीः  विदेशमा भन्दा स्वदेशमा कमाइ बढी 1

जीवनको केही समय मलेसियामा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका जर्नादनको जीवनमा बल्ल हरियाली छाउन थालेको छ । मायादेवी गाउँपालिका—५ सेमरनाका जर्नादनप्रसाद चाइको दुई वर्ष मलेसियामा पसिना बगाउँदैमा बित्यो । गरीबीका कारण घर खर्च चलाउन नसकेपछि मलेसियाको बाटो समाएका चाइले त्यहाँ पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि चाइले आम्दानी गर्न थाल्नुभयो ।
“शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, उहाँले भन्नुभयो, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि । तर म आफ्नो काममा लागिरहेँ, अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।” चाइलाई अहिले तरकारी खेतीमा भ्याइनभ्याइ छ ।
“करीब लाख रुपैयाँ खर्चेर मलेसिया पुगेका चाइ त्यहाँको एउटा फर्निचर उद्योगमा काम गर्न थालें”, उहाँले भन्नुभयो, “सबै खर्च कटाएर जसोतसो मासिक १५ हजार रुपैयाँ बचाउँथे । राम्रो कमाई हुन नसकेपछि अब आफ्नै गाउँघरमा केही गर्नुपर्छ भनेर दुई वर्षपछि स्वदेश फर्किए ।” स्वदेश फर्किएर तरकारी खेती गर्ने निधो गरेर त्यसमा लागे र अहिले तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ । “यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ”, उहाँले भन्नुभयो, “विदेश गएपछि बल्ल मलाई चेत आयो । मैले मेरा सन्तानलाई स्वदेशमै परिश्रम गरे पैसा फलाउने माटो चिनाइ दिएँ ।”
भैरहवा लुम्बिनी सडकखण्डको सेमरनामा ६ विगहा जग्गा लिजमा लिएर जर्नादनको परिवारले तरकारी खेती गर्दै आएका छन् । उहाँले भन्नुभयो, “तरकारी खेती हाम्रो पुख्र्यौली पेशा पनि हो ।” अहिले जर्नादनको खेतबारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै उहाँको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ ।
तरकारी खेतीका लागि उर्बर जमिन भएपनि प्रयाप्त लगानी नहुँदा उत्पादन बढाउन नसकिएको गुनासो जर्नादनको छ । गाउँपालिकाले कोभिड— १९ को राहत भन्दै रु। २० हजार दिएपनि अन्य सहयोग कतैबाट पाउन नसकेको उहाँको भनाइ छ । आफ्नो खेतबारीमा उत्पादित तरकारीको बजार अभाव नभएको बताउँदै उहाँले उत्पादित तरकारी व्यवसायीले बुटवल र भैरहवाबाट गाडी लिएर नै खेतबारीमा आइपुग्छन् भन्नुभयो ।
त्यस्तै सिद्धार्थनगरपालिका—९ गोनहियामा साढे चार विगहा जग्गामा तरकारी खेती गर्दै आउनुभएका विष्णु आचार्यले पनि मासिक ५०÷५५ हजार रुपैयाँ कमाउन विदेशिनु नपर्ने बताउनुभयो । उहाँले स्थानीय विन्दावासिनी मन्दिरको जग्गा १५ को वर्षका लागि लिजमा लिएर व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “कोरोना महामारीको बेला पनि कृषि एम्बुलेन्सले तरकारी खरिद गरेर लगियो । बजारको समस्या हुँदै होइन, उत्पादन बढी गर्नुपर्छ, व्यवसायीले खेतबारीबाट नै तरकारी खरिद गरेर लान्छन् ।”
रुपन्देहीको मर्चवार क्षेत्रको समरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकाको अधिकांश घरपरिवारको मुख्य आम्दानीको स्रोत नै कृषि उत्पादन हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..