बिहिबार देखि निषेधाज्ञा खुकुलो गर्दै ३१ गतेसम्म गर्ने निर्णय

काठमाडौँ । भदौं ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बिहिबार देखि खुकुलो पारिएको झक्तपुरको प्रजिअ हुमकला पाण्डेले जानकारी दिए । उनले बिहिबार देखि
यातायात र व्यापार व्यवसाय क्षेत्रका खुल्ने जानकारी दिए । प्रजिअ पाण्डेका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय भएको बताए ।

अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । धेरै मानिसहरुको जमघट हुने क्षेत्र शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय बन्द नै रहने छन् ।
निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, भिडभाड गर्न, जात्रा पर्व मनाउन, मनिदरु तथा चर्चमा नित्य पुजा गर्न पाइने छैन । गोष्ठि, सेमिना र लगाएतको बढी भिड भाड हुने कार्यक्रमहरु गर्न पाइने छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..