विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो

विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो 1

पछिल्लो २४ घण्टामा २ लाख ६० हजार मानिस कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या २ करोड ९१ हजार पुगेको छ।

अमेरिकामा सबै भन्दा धेरै ३८ लाख ४५ हजार ९ सय १ जना निको भएका छन्। त्यस्तै भारतमा ३४ लाख ६९ हजार ८४ जना निको भइसकेका छन्। त्यस्तै ब्राजिलमा ३४ लाख ५३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा थप ९५ हजार ५ सय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको दर दैनिक रुपमा बढिरहेको भारतमा कुल संक्रमितको संख्या ४४ लाख ६२ हजार नाघेको हो। यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १६८ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ७५ हजार ९१ पुगेको छ।
यस्तै अमेरिकामा ३४ हजार संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६५ लाख ४८ हजार पुगेको छ भने १ हजार १५४ संक्रमितको मृत्यु हुँदा कुल मृतकको संख्या १ लाख ९५ हजार १८४ पुगेको छ।

यस्तै ब्राजिलमा ३४ हजार २०८ संक्रमित थप हुँदा कुल संक्रमितको संख्या ४१ लाख ९९ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १३६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या १ लाख २८ हजार ६५३ पुगेको जनाइएको छ।

विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ७० हजार संक्रमित थपिएका छन् भने ५ हजार ९७८ जनाको मृत्यु भएको छ। योसहित विश्वभर हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ करोड ७९ लाख पुगेको छ। ९ लाख ७ हजार जनाको मृत्यु भइसकेको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..