चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु

भदौ २५, चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत चितवनका एक जना कोरोना संक्रमित विरामी पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं ११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२स्२० मा मृत्यु भएको मेडिकल कलेजले जानकारी दिएको छ ।

ज्वरो आई कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..