
भदौ २५, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ४३ जना गरी थप ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार ११,१४४ जनाको पिसिआर परीक्षण गर्दा देशभरमा १२,४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५०,४५८ पुगेका छन्।