भ्रामक समाचारको पछि नलाग्न उद्योग मन्त्रालयको आग्रह

भ्रामक समाचारको पछि नलाग्न उद्योग मन्त्रालयको आग्रह 1

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गरेर यस्तो बताएको हो ।
मन्त्रालयले गरेको काम प्रति केही सञ्चार माध्यममा आएको समाचार भ्रम र कपोकल्पित भएको भन्दै यस्ता समाचारको विश्वास नगर्न मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले गर्ने काम र उसको कार्यक्षेत्रको बारेमा मन्त्री र उसको सचिवालय प्रष्ट भएको र त्यही अनुरुप काम गर्दै आएको विज्ञप्तीमा भनिएको छ ।
मन्त्रालयले पत्रकारहरुलाइ समाचार लेख्दा तथ्य र प्रमाणको आधारमा लेख्न पनि आग्रह गरेको छ ।
भ्रामक समाचारको पछि नलाग्न उद्योग मन्त्रालयको आग्रह 2

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..